नेकपा आमहड्ताल : नेकपा मोरङका सहसंयोजकसहित विराटनगरमा छ जना पक्राउ


२२ माघ २०७७, बिहीबार
biratnagar2021 02 04 11 47 43

मोरङ, २२ माघ । नेकपा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको आम हड्तालमा उत्रिएका मोरङ सहसंयोजक पारुल क्षेत्रीसहित छ जना कार्यकर्तालाई प्रहरी विराटनगरमा पक्राउ गरेको छ ।

प्रदर्शनमा सहभागी उनीहरुलाई प्रहरीले विराटनगरको तीनपैनी चोकबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई कुटपिट गर्दै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको नेकपा संयोजक गणेश उप्रतीले बताए । प्रचण्ड –नेपाल समूहले आव्हान गरेको आम हड्तालले विराटनगरको जनजीवन पूर्ण प्रभावित बनेको छ । शैक्षिक संस्था, कारखाना, बजार सबै बन्द छन् ।

बन्दले गर्दा लामो र छोटो दूरीका कुनै सवारी साधन चलेका छैनन् । नगरको भित्रि खण्डमा भने फाट्टफुट्ट सवारी साधन चलेका छन् । जिल्लामा कतै हिंसात्मक घटना नभएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७