म्यानमारमा सेनाले लगायो फेसबुक प्रयोगमा प्रतिबन्ध


२२ माघ २०७७, बिहीबार
myanmar

काठमाडौं, २२ माघ । म्यानमारमा सेनाले ‘कू’ गरेपछि सेनाको आदेशमा इन्टरनेट सेवाहरू बन्द गरिएका छन् । म्यानमारमा फेसबुक प्रयोगमा फेब्रुअरी ७ सम्मका लागि पूर्णरुपमा प्रतिबन्ध लगाइएको हो । तथा अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ ।

म्यानमारको सञ्चार तथा सूचना मन्त्रालयले देशलाई अस्थिर बनाउन फेसबुकमार्फत हल्ला फैलाइरहेकाले फेब्रुअरी ७ सम्म फेसबुक बन्द गरेको जनाएको छ । नेतृ आङ साङ सू चीको रिहाइको माग गर्दै प्रदर्शन हुने आशंकाले सेनाले इन्टरनेटमा प्रतिबन्ध लगाएको छ । म्यानमारमा ५३ करोड मानिस फेसबुकको प्रयोग गर्छन् ।

म्यानमारको अदालतले आयात निर्यात कानूनको उल्लंघन गरेको आरोपमा सू ची र राष्ट्रपतिलाई १४ दिनको लागि हिरासतमा पठाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७