आम हड्तालकै बेला महेश बस्नेतको नेतृत्वमा ओली पक्षकोे मार्चपास


२२ माघ २०७७, बिहीबार
march pass

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको आमहड्तालकै समयमा केपी ओली पक्षीय नेकपाका युवा विद्यार्थीले आम हड्तालको विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मार्चपास गरेका छन् ।

भोलि (शुक्रबार) काठमाडौंमा हुने ओली पक्षको जनप्रदर्शनको तयारी स्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास गरेका हुन् ।

marchpass MaheshBasnet 3 1

युवा नेताहरू महेश बस्नेत, माधव ढुंगेल, ऐन महरलगायतको नेतृत्वमा प्रदर्शनीमार्गबाट ओली पक्षको जुलुस अघि बढेको छ । बन्द आह्वानकर्ता र ओली पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी तैनाथ भएका छन् ।

‘नेपाल बन्द होइन बन्दैछ, केपी ओली आइ लभ यू, अघि बढ केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, केपी ओली जिन्दावाद’ लगायतका नारा लगाउँदै ओली समूह मार्चपासमा उत्रिएको हो ।

पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेला भएको छ । एउटा समूहको नेतृत्व प्रचण्ड–नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् । प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै प्रचण्ड–नेपाल समूह सडक संघर्षमा छ भने यता ओली समूह पनि विभिन्न जनसभाका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७