तस्बिरमा प्रचण्ड-माधव नेपाल पक्षको आमहड्ताल


२२ माघ २०७७, बिहीबार
Nepal strike vs kp sharma oli scaled

काठमाडौं, २२ माघ । प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल पक्षले आमहड्ताल शान्तिपूर्वक रुपमा सम्पन्न भएको छ । संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको बताए ।

आमहड्तालको कारण संघीय राजधानी लगायत देशभरको जनजीवन ठप्प रह्यो । बन्दको क्रममा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, बिजय डा. पौडेल, अमृता थापा मगर लगायत ७० जनालाई गिरफ्तार गरिएको थियो ।

यसैगरी चाबहिलबाट केन्द्रीय सदस्य कृष्ण केसी लगायतलाई गिरफ्तार गरिएको र बागबजारबाट युवा नेता रमेश मल्ल गिरफ्तार गरिएको थियो । उनीहरुलाई यो समाचार तयार (बेलुकी ७ बजेसम्म) पर्दासम्म रिहा गरिएको छैन ।

बन्द सफल पार्नका लागि अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल, संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ सहित शिर्ष नेताहरु सडकमा आएका थिए ।

हेर्नुहोस् फोटो फिचर :-

Puspa Kamal Dahal Prachanda
Pushpa Kamal Dahal 1
Madhav Kumar Nepal 2
Naryan kaji shrestha 1
Nepal
Pushpa Kamal Dahal
Astalaxmi shakya 1
Prachanda
barshaman pun
Dharan
Vijaya Paudel 1
Naresh sahi
Osim Alam
Bishnu Rijal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७