इङलिस प्रिमियर लिग : चेल्सीसँग टोटनह्याम पराजित


२३ माघ २०७७, शुक्रबार

काठमाडौं, २३ माघ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गए राति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जिताउन खेलको २४ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । जितपछि चेल्सी अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

पराजित टोटनह्याम आठौं स्थानमा धकेलिएको छ । चेल्सीले २२ खेलबाट ३६ अंक जोडेको छ भने टोटनह्यामको २१ खेलमा ३३ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७