अब अमेरिकाले यमनमा युद्धको समर्थन नगर्ने, बाइडेको विदेश नीतिमा परिवर्तन


२३ माघ २०७७, शुक्रबार

काठमाडौं, २३ माघ । अमेरिकाले यमनमा आफ्ना सहयोगीको आक्रामक कारवाहीको समर्थन अब नगर्ने भएको छ । यमन पछिल्लो ६ वर्षदेखि युद्धको विध्वंश झेलिरहेको छ जसमा एक लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको बताइएको छ ।

विदेश नीतिमाथि आफ्नो पहिलो ठूलो भाषणमा राष्ट्रपति जो बाइडेनले भने, ‘यमनमा अब युद्ध समाप्त हुनुपर्छ ।’ बाइडेन अघिका दुई राष्ट्रपतिको कार्यकालमा अमेरिकाले यमन विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको गठबन्धनको समर्थन गरेको थियो । यो संघर्षका कारण यमनका लाखौं मानिसहरुलाई भोकमरीको स्थितिमा ल्याई दिएको छ ।

यो लडाईं सन् २०१४ मा एक कमजोर यमनी सरकार र हूती विद्रोही आन्दोलनबीच सुरु भएको थियो । एक वर्षपछि यो लडाईं थप चर्कियो जब साउदी अरब र अन्य आठ अरब देशले हूती विद्रोहीमाथि हवाई हमला सुरु गर्न थालियो । यसले अमेरिका, बेलायत र फ्रान्सको समर्थन हासिल गरेको थियो ।

राष्ट्रपति बाइडेनले अमेरिकी विदेशी नीतिमा थुप्रै परिवर्तनको घोषणा गरे जसमा शरणार्थीको संख्यामा उल्लेखनीय वृद्धि छ । उनीहरुलाई अमेरिकामा आउन अनमति दिइनेछ र जर्मनीबाट अमेरिकी सैनिकलाई फिर्ता बोलाउने निर्णय फिर्ता लिनु पनि समावेश छ । यहाँ दोस्रो विश्व युद्धको अन्त्यदेखि अमेरिकी सैनिक तैनाथ छन् ।

यमनका लागि गरिएको घोषणाको अर्थ के हो ?

biden 3UJM8aSInG

अमेरिका हूती विद्रोहीविरुद्ध युद्धमा यमन सरकार र उसको सहयोगी साउदीको नेतृत्व भएको गठबन्धनको समर्थन गर्दै आएको छ । बिहिबार गरिएको घोषणाका अनुसार अमेरिका अब आक्रामक अभियानको समर्थन गर्न बन्द गर्नेछ जसमा साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) लाई युद्ध सामाग्री बेच्नु पनि समावेश थियो ।

यो परिवर्तन अरब प्रायद्वीपमा अल–कायदाविरुद्ध अपरेशनका लागि होइन । बाइडेन प्रशासनले पहिले नै साउदी अरब र यूएईलाई हतियार बेच्नका लागि अस्थायी रोक लगाएको थियो ।

राष्ट्रपति बाइडेनको समूहले लेन्डरकिङ्गलाई यमनका राजदूतको रुपमा नियुक्त गर्ने अनुमान गरिएको छ जो एक अनुभवी कूटनीतिज्ञ र मध्य पूर्वका जानकार हुन् ।

नयाँ नीति ट्रम्प प्रशासनको नीतिभन्दा एकदम भिन्न छ । उनले साउदीको नेतृत्व भएको गठबन्धनका लागि समर्थन बढाएका थिए । अघिल्लो महिना ट्रम्प प्रशासनका विदेशमनत्री माइक पोम्पियोले हूतिलाई आतंकवादी संगठन भनेर नाम दिन लागिएको घोषणा गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७