कलेज हिंडेकी युवतीको शव जंगलमा फेला, बलात्कारपछि हत्या गरिएको आशंका


२३ माघ २०७७, शुक्रबार
kaalatakkarraasd

बैतडी, २३ माघ । दुई दिन (बुधबार) देखि बेपत्ता वैतडीमा १७ वर्षीया किशोरीको शव घर नजिकैको जङ्गलमा फेला परेको छ । बुधबारदेखि बेपत्ता दोगडा केदार गाउँपालिका–७ की भागिरथी भट्टको शव घर नजिकैको जंगलमा बिहीबार साँझ फेला परेको हो ।

खोजी गर्ने क्रममा घर नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

बुधबार विद्यालय जान्छु भनी घरबाट निस्किेकी उनको शव स्थानीय लबलेक सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिएका छन् । युवती बुधबारसम्म विद्यालयमा उपस्थित रहेको खुलेको छ । उनी सनातन धर्म माध्यमिक विद्यालय सिर्कोटमा कक्षा १२ मा पढ्थिन् ।

‘बुधबार घरबाट कलेज जान्छु भनेर गएपछि परिवारको सम्पर्कमा नआएको खुलेको छ । हिजो ६ बजेतिर जंगलमा शव भेटिएको खबर आएपछि प्रहरी टोली त्यसतर्फ गएको छ,’ धामीले भने । प्रहरीले घटनास्थल सुरक्षित गरेर अनुसन्धान थालेको छ । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ ।

‘शव बीच जंगलमा भेटिएको छ । गाउँबाट घटनास्थल पुग्न एक घण्टा हिँड्नुपर्ने हुन्छ,’ प्रहरी भन्यो, ‘शरीरभरि नीलडाम र घाउ छन्, कपडा पनि च्यातिएको छ । घटना शंकास्पद छ । बलात्कारपछि हत्या गरिएको पनि हुनसक्छ ।’

विद्यालयबाट घर फर्कने क्रममा वेपत्ता भएको आशंका गरिएकी उनको शव विद्यालय पोसाकमै फेला परेको छ । बिशोरीको बलात्कारपछि हत्या गरी जंगलमा फालेको हुनसक्ने अनुमान स्थानीयको पनि छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ । ‘हामीले छानविन शुरु गरेका छौं । छिट्टै सत्यतथ्य सार्वजनिक गरिहाल्छौं,’ डीएसपी अधिकारीले भने ।

घटनाको विस्तृत अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुर समेत मगाइसकिएको प्रहरीले जानकारी दिएको छ । शवको पोष्टमार्टमपछि घटनाबारे थप जानकारी मिल्न सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७