ओली समूहको जनसभाले राजधानीको यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती


२३ माघ २०७७, शुक्रबार
kp oli

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले काठमाडौंको दरबार मार्ग अगाडि आयोजना गरेको जनसभाले राजधानीको यातायात अस्तव्यस्त बनेको छ । ओली समूहकोे जनसभाका कारण यातायात सेवा प्रभावित बन्दा नागरिकलाई सास्ती भएको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मानिसहरु भेला भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार दरबारमार्गतर्फ जाने भाडाका साना सवारी–साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पुतलीसडक, कृष्णपाउरोटी, लैनचौर, सोह्रखुट्टेबाट ड्राइभर्सन गरिएको छ ।

सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठूला सवारी–साधनलाई भने चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको छ । ड्राइभर्सनका कारण माइतीघर, सिंहदरबार, पुतलीसडक, कमलादी, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी–साधन केही ‘क्यु’मा चलिरहेका छन् । कार्यक्रम अवधिभर सवारी–साधन ड्राइभर्सन हुने भएकोले सवारी–साधनका चालकलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ ।

यस्तै यात्रुवाहक ठूला सार्वजनिक बसलाई चक्रपथभित्र चलाउन पनि दिइएको छैन । जनसभाका कारण बढ्ने चापलाई मध्यनजर गर्दै यात्रुवाहक बसलाई चक्रपथमा मात्रै चलाउन दिइएको महाशाखाले जनाएको छ । ओली समूहको जनसभामा आउन काठमाडांैका ठाउँ–ठाउँमा अहिले नेता कार्यकर्ता भेला हुन थालेका छन् । जिल्ला बाहिरबाट पनि नेता–कार्यकर्ता काठमाडौं आउँदै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७