सैन्य ‘कू’ विरुद्ध म्यानमारमा नागरिक अवज्ञा आन्दोलन : शिक्षक–विद्यार्थीहरुको पनि साथ


२४ माघ २०७७, शनिबार
056037f14de74aefab76b6bf0406e38b 056037f14de74aefab76b6bf0406e38b 9c92474b568b43f0a2b08b4129e72433

काठमाडौं, २४ माघ । म्यानमारमा सैन्य कू को विरोधमा शुरु भएको नागरिक अवज्ञा आन्दोलनमा शिक्षक र विद्यार्थीहरुले पनि साथ दिएका छन् ।

यांगुनको डागन विश्वविद्यालयका विद्यार्थीहरुले नेतृ आङ साङ सूचीको पार्टीको रातो रंगको रिबन बेरेर उहांको पक्षमा नारा लगाएका छन् । शिक्षकहरुले भने आफुहरु नयाँ पुस्ताको लागि प्रदर्शनमा उत्रिएको बताएका छन् । गत सोमबार सेनाले सत्ता हत्याएपछि सूची र अरु नेताहरु पक्राउ गरेको थियो ।

सूचीका वकिलले उनलाई घरमै नजरबन्दमा राखिएको जनाएका छन् । सूचीले बिना शर्त आफू, राष्ट्रपति र पक्राउ परेका अरु नेताहरुको रिहाइको माग गरेकी छिन् । पछिल्लो समय मात्र जुन्ता सरकारले नेशनल लिग फर डेमोक्रेसीका अर्का एक जना शीर्ष नेतालाई पक्राउ गरेको छ ।

शुरुमा कू पछि केही शान्त जस्तो देखिएको म्यानमारमा पछिल्लो समय विस्तारै विरोधहरु भइरहेका छन् । विभिन्न भागहरुमा मानिसहरु सडकमा ओर्लिएर कु को विरोध गरेका छन् । नागरिक अवज्ञा आन्दोलनमा सहभागीहरुले प्रजातान्त्रिक जननिर्वाचित सरकार पूनर्वहालीको माग गरेका छन् ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा एनएलडीले धाँधली गरेर जितेको आरोप लगाउंदै सेनाले सूचीको सरकारलाई हटाएर सत्ता हत्याएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७