प्रधानमन्त्री र गृहमन्त्रीलाई पूर्वमन्त्री वर्षमानको चेतावनी– आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने छन्


२५ माघ २०७७, आईतवार
Barsaman Pun

दमौली, २५ माघ । पूर्वमन्त्री एवं नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्तले आन्दोलन सफल भएपछि प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापालाई जनताले गल्लीमा घिसार्ने चेतावनी दिएका छन् ।

दमौलीमा शनिबार तनहुँका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओली–थापाको अन्त्य इतिहासका तानाशाहहरूको जस्तै हुने बताए ।

‘ओली–थापा गुटको धम्कीले कोही डराएको छैन, हामी डराएका छैनौं’, पुनले भने, ‘ओली र थापाजस्ता शासकहरू यो गल्लीमा लतारिन्छन्, पछारिन्छन् कसैले हेर्दैनन् । इतिहासमा कति शासकहरू लतारिए, कति मारिए हामीले धेरै देखेका छौँ । प्रतिस्धर्पा गर्ने भए जनतामा विचार लिएर आउनुस् । धम्की नदिनुस् ।’

ओली समूहले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनमा गृहमन्त्री थापाले प्रचण्ड–माधव समूहलाई लक्षित गर्दै ‘मांसहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडियाखानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७