भागरथीका परिवार भन्छन्, ‘निर्मलाको जस्तो हविगत नहोस्’


२५ माघ २०७७, आईतवार
bhagarathi tUKnbr3loj

बैतडी, २५ माघ । बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ ।

राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्न माग गरेका छन् ।

हत्यारालाई छिटो पत्ता लगाएर कडा कारवाही गर्नुपर्छ, भागरथीकी आमा दुरा भट्टले भनिन्, ‘बुधवार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव विहिवार बीभत्स अवस्थामा फेला परेको थियो । परिवार र आफन्त उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेका छन् ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७