म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो र्‍याली पछि इन्टरनेट बन्द


२५ माघ २०७७, आईतवार
manmyar

काठमाडौं, २५ माघ । म्यान्मारमा सैन्य ‘कू’ विरोधमा अहिलेसम्मकै ठूलो र्‍याली भएपछि इन्टरनेट सेवा बन्द गरिएको छ ।

myanmar 1

र्‍यालीका लागि मानिसहरू जम्मा हुन नदिन इन्स्टाग्राम र ट्वीटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो । गत फेब्रुअरी १ मा भएको कूसँगै इन्टरनेट सेवामा आंशिक रोक लगाएको थियो । यसअघि नै फेसबुकमा प्रतिबन्ध लगाइकेको छ ।

र्‍याली भइरहँदा नगर बसहरूले हर्न बजाएर समर्थन जनाएका थिए । प्रदर्शनकारीहरूले प्रहरीहरूलाई गुलाफको फूल र पिउने पानी दिएर नयाँ शासकलाई नभई जनतालाई समर्थन गर्न आग्रह गरेका थिए ।

देशको मुख्य सहर यांगुनमा आयोजित र्‍यालीमा सहभागिहरुले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । श्रमिक र विद्यार्थीसहित प्रदर्शनकारीहरूले सेनाद्वारा बन्दी बनाइएका नेत्री आङ सान सू ची र अन्य नेताको रिहाइको माग गरेका छन् ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सूचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीले धाँधली गरेर जितेको आरोप लगाउंदै सेनाले सूचीको सरकारलाई हटाएर सत्ता हत्याएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७