संसद विघटन : बहस शुरु, सरकारी वकिललाई १५ मिनेट समय


२५ माघ २०७७, आईतवार
constitutional bench 2

काठमाडौं, २५ माघ । प्रतिनिधि भसा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आज (आइतबार) को बहस शुरु भएको छ । १९ माघदेखि सरकारी वकिलहरुले सरकारको पक्षमा बहस गर्दै आएका छन् ।

सरकारी वकिलहरुलाई बहस गर्न आजबाट १५ मिनेटको समय दिइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १५ मिनेट समय निर्धारण गरिएको शुरुमै स्मरण गराएका छन् ।
संसद विघटन गैरसंवैधानिक भएको दाबीसहित दर्ता भएका १३ वटा रिट दायर भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि बहस सुरु भएको थियो । रिट निवेदकका तर्फबाट झण्डै ७० जनाले बहस गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७