प्रचण्ड–नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै


२५ माघ २०७७, आईतवार
Ranjit Tamang

काठमाडौं, २५ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षको अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ ।

संसद् विघटनविरुद्धको संघर्षको तेस्रो चरणको कार्यक्रमअनुसार अनेरास्ववियूले आज प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागेको हो । आइतबार दिउँसो २ बजे हनुमानस्थानमा भेला भएर जुलुसहित प्रधानमन्त्रीको कार्यालय सिंहदरबार जाने तयारी भएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जानकारी दिए ।

‘हनुमानस्थानमा भेला भएर जुलुससहित सिंहदरबार जाने तयारीमा छौं । प्रधानमन्त्री कार्यालयमा विरोधपत्र बुझाउँछौं’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७