प्रदेश–१ सभाको बैठक दुई मिनेट बसेर स्थगित, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस भएन


२५ माघ २०७७, आईतवार
Sherdhan Rai

विराटनगर, २५ माघ । प्रदेश–१ सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । नेकपा ओली समूह (मुख्यमन्त्री शेरधन राई समूह) ले नियमापत्ति जनाएपछि बैठक दुई मिनेट बसेर आगामी ९ फागुनसम्मका लागि स्थगित भएको छ ।

दिउँसो दुई बजे बोलाइएको बैठक दिउँसो तीन बजेर ५२ मिनेटमा शुरु भएर जम्मा दुई मिनेट चलेको थियो । मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची भए पनि पेस हुन सकेन ।

यसअघि झण्डै पाँच घण्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटे पनि बैठक शुरु भएको थियो । बैठकमा नेकपा ओली समूहका नेताहरूले बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने बताएका छन् भने प्रचण्ड–माधव समूहका नेताहरूले बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गरिनुपर्ने अडानमा राखेका थिए । विपक्षी दलहरूले पनि बैठक सञ्चालन गर्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । केन्द्रमा नेकपा दुई समूह बनेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७