प्रधानमन्त्रीले ध्यानाकर्षण पत्र अस्वीकार गरेपछि अनेरास्ववियूको प्रदर्शन

विद्यार्थीले लगाए ‘वि हेट ओली, फाल्नेछौ भोलि’ नारा


२५ माघ २०७७, आईतवार
akhil

काठमाडौं, २५ माघ । नेकपाकाे विद्यार्थी संगठन अनेरास्ववियू प्रतिनिधिसभा विघटनको विरोध गर्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाउन गए पनि समय नपाएपछि फर्किएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विरोधपत्र दर्ता गर्न जाँदा समय नपाएपछि अनेरास्ववियूले सिंहदरबारको दक्षिणी गेट नजिक हनुमानथानस्थित सडकमा नाराबाजी तथा प्रदर्शन गरी फर्केको हो ।

protestanamnagarannisu04 0722021115159 1000x0 1

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले देश गम्भीर संकटमा रहेको बेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिएको भए पनि समय नदिएकोमा आपत्ति जनाए । आगामी दिनमा ओली सरकारका मन्त्रीको देश दौडाहामा विरोध प्रदर्शन गरिने सहसंयोजक तामाङले बताएका छन् ।

तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि उनीहरुले त्यहीँ बसेर घेराउसहित नाराबाजी र प्रदर्शन गरेका हुन् । विद्यार्थीहरु नाराबाजी गर्दै हनुमानस्थनाबाट अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि विद्यार्थीहरु सडकमै बसेर विरोध प्रदर्शन गरेका थिए ।

त्यसक्रममा उनीहरुले ‘अनेरास्ववियू जिन्दावाद, प्रतिगमन मुर्दावाद, असंवैधानिक कु खारेज गर, केपी पाराले दुःख पाए साराले, केपी ओली कायर छ, सारा जनता फायर छ विदेशी हस्तक्षेप बन्द गर, वि हेट ओली, फाल्नेछौ भोलि’ लगायतका नारा लगाएका थिए ।

यसअघि ओली समर्थकले ‘आइ लभ यु केपी बा’ को नारा लगाएकामा प्रचण्ड–नेपाल समूहका विद्यार्थीले ‘वी हेट ओली’ को नारा लगाएका हुन् । त्यसक्रममा युवा विद्यार्थीको ज्ञापन पत्र बुझ्न प्रधानमन्त्रीका तर्फबाट कोही उपस्थित नभएपछि विद्यार्थी नेता रञ्जित तामाङले मिडियासामु विरोध पत्र पढेर सुनाएका थिए ।

अनेरास्ववियूले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको विरोधमा चरणबद्ध विरोधको कार्यक्रम गर्दै आएको छ । पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरु आन्दोलित छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७