सब्स्टिच्युट मेसी मैदान प्रवेश गरेको ३ मिनेटमै गोल, बार्सिलोना विजयी


२६ माघ २०७७, सोमबार
thumb 3

काठमाडौं, २६ माघ । लियोनल मेसीले सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेशको तेस्रो मिनेटमै गोल गरेपछि बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा रियल बेटिसलाई ३–२ ले हराएको छ । बार्सिलोनाले पछाडि रहेको स्थितिमा जित निकालेको हो ।

बेटिसले बोरजा इगलेसिसको गोलमा अग्रता लिएयता मेसीले बराबरी गोल फर्काए । त्यसपछि बेटिसका रुइजले आत्मघाती गरे । यस्तोमा मचाडो त्रिनचाओले निर्णायक गोल गरे ।

यो जितपछि बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग सात अंकले पछाडि रहेको स्थिति हो । आइतबारको अर्को प्रमुख खेलमा रियल सोसिडाडले काडिजलाई ४–१ ले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७