प्रतिनिधिसभा विघटन : प्रधानमन्त्रीका निजी वकिलहरूकाे वहस शुरू


२६ माघ २०७७, सोमबार
court

काठमाडौं, २६ माघ । प्रतिनिधसभा विघटनको पक्षमा आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलहरूले बहस शुरु गरेका छन् । अहिले अधिवक्ता ईश्वरी भट्टराईले बहस गरिररहेका छन् ।

हिजो महान्यायाधिवक्तासहित १० सरकारी वकिलले बहस सकेपछि प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्न सरकारका पक्षबाट निजी कानुन व्यवसायी (वकिल) ले बहस थालेका हुन् । विघटनको पक्षमा सरकारका तर्फबाट डेढ सय बढी निजी वकिलले बहस गर्दैछन् ।

वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता रमेश बडालले हिजो बहस सकेका थिए । माघ ३० भित्र बहस सक्न सरकार पक्षलाई समय दिइएको छ । १३ निवेदकका पक्षबाट ७२ कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७