सेतो बाँदलसँग बसेको ‘त्यो माया’


२६ माघ २०७७, सोमबार
4 1 scaled

भर्खरै पानी परेर घामको न्यानो स्पर्शले सफासँग खुलेको सुन्दर निलो आकाश । कतै हरियो, कतै पहेंलो भई फैलिएका फाँट, बाफिएर बनेको सेतो बाँदल । घरी घरी डाँडासँग जिस्किँदै, हावाको झोक्कामा यताउता नाचेको । डाँडाँपाखासँग लुकामारी खेल्दै थरिथरिका आकार बनाउँदै आकाशमा उडेको त्यो सेतो बाँदलसँग माया बसेको पनि दुर्ई दशक कटिसकेछ ।

समय जति नै ढल्किदै गए पनि त्यो सेतो बाँदलसँगको माया भने अझै उस्तै छ । उस्तै माया जुन घरको आँगनबाट पानी परेपछिको सफा आकाशमा सेतै भई फैलिएको बाँदलसँग बसेको थियो । त्यो घर जहाँ मेरो जन्मसँगै बालापन बितेको थियो । पूर्व–पश्चिम दुवैतिर ढोका हुने गरी दुई वटा घर जोडेर बनाएको त्यो घर । बिहानै घामको किरणलार्ई पूर्वी ढोका उघार्दै स्वागत गरिन्थ्यो । दिनभरीको थकान बिर्सदै अस्ताउन थालेको घामलाई पश्चिमी ढोकाबाट बिदा गरिन्थ्यो । अझै पनि कुनै कुनै रातको सपनीले त्यही घर आँगनमा पुर्‍याई दिन्छ । अनि फेरि मायाको बारेमा त्यो सेतो बाँदलसँग मिठा मिठा बातचित शुरु हुन थाल्छ ।

3 1

बसन्त ऋतुसँगै पालुवा हालेको बोट बिरुवाले डाँडापाखा नै हरियो बनाउँदा मन साँच्चै आनन्दित हुन्छ । अनि त्यही पालुवालार्ई वयस्क बनाउन आकाशबाट पानीको छिटा बर्सिन्छ । पानीको थोपा बर्साइपछि जमिनबाट उडेको बाफले बनाएको सेतो बाँदल थरिथरिका फूलका डालीहरुमा रम्दै आकाशतिर सोझिन्छन् । साँच्चै नै रोमाञ्चक देखिन्छ प्रकृति ।

घण्टौसम्म त्यो सेतो बाँदलको चर्तिकला हेरी बस्थे म । बाँदलसँगै लुकामारी खेल्थे, मिठो कुराकानी गर्थे । अझ बाँदलमाथि उडेको कल्पनामा एक्लै हराउँथे । बाँदलसँग खेल्ने मेरो यो बानी त्यसै लागेको भने होइन ।
‘मुमिन’ कार्टुन र प्रकृतिसँगको निकटता
भर्खर भर्खर विद्यालय जान थालेकी थिएँ । विद्यालय जान मन नलागेको दिन रोई दिन्थे । मेरो रुवाई देखेपछि भरे मुमिन कार्टुन हेर्न दिन्छु विद्यालय हिँड भन्ने दाई दिदीको फकार्ई आउँथ्यो । शुरुको दिनहरुमा मलाई फकाउन राम्रो माध्यम बनेको मुमिनले पछि पछि भने खुल्ला आकाशको बाँदलसँग रमाउन सिकायो । मुमिनमा हेर्ने हरेक दृष्यहरुले प्रकृतिसँग नजिक हुन सिकायो ।

2 3

भाँडाकुँडा खेल्दा मुमिनका कतिपय दृष्यहरुलाई नाटकीय रुपमा उतारेको यादहरु अझ पनि सम्झनामा ताजै छ । मुमिनकै माध्यमबाट सानैदेखि प्रकृतिप्रेमी बनेकी मलार्ई सेतो बाँदलसँग भने छुट्टै खालको माया बस्यो हरेक समय पर्ने पानीले मलाई एक खालको पर्खाइमा राख्ने गर्दथ्यो । पानी परिसकेपछि खुल्न थाल्ने आकाशलार्ई नियाल्दै ब्यग्र प्रतिक्षा रहन्थ्यो सेतो बाँदलको । हिमाल, पहाड र समथर फाँटहरुलाई एकै नजरमा नियाल्न पाउने घरको आँगन मलार्ई हरेक समय प्यारो लाग्थ्यो । त्यही आँगनमा बसेर सेतो बाँदलसँग धेरै कुराकानी गर्थे, मनभरी रमाउँथे । त्यसै त रमाईलो बालापन, यी दृष्यहरुले झनै रमार्ईलो बनार्ई दिन्थ्यो ।

यो बालापनको रमाईलो, प्रकृतिसँगको निकटता र बाँदलसँगको मायालार्ई भने काठमाडौं बसार्ईले झण्डै झण्डै टाढा बनाएको रहेछ । उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौं छिरेको नौ वटा बर्षहरु वित्न लागेछ । काठमाडौंको धुवा, धुलोले सेतो बाँदल उड्नै नपार्ई कालो बनार्ई दिएको छ । ढुंगाको बगर जस्तै बनेका घरहरुले सेतो बाँदल बन्नलार्ई बाफ उड्ने ठाउँ नै बाँकी राखेको छैन ।

घरभित्रै रमाउनुपर्ने काठमाडौंको बसाईमा प्रकृतिसँग रमाउने त कल्पना मात्रै हो । सम्म परेका फाँटहरुबाट उडेको बाफले डाँडापाखा, पहाडका चुचुरोमा पुग्द सेतो बाँदलको रुप लिएको । हावाको वेगसँग उड्दै गणेश हिमाल, लाङटाङ हिमाललगायतका हिमश्रृङखलाहरुमा लजाउँदै लुकामारी खेलेको दृष्य काठमाडौंको कोलाहाल र प्रदुषित वातावरणमा खोज्नु त मेरो मूर्खता नै हो ।

गोसार्ईकुण्ड यात्रा : बाँदलसँगको मायामा पुनर्मिलन
संयोग नै भन्नु पर्छ । एक्कासी गरिएको गोसार्ईकुण्ड यात्राले बर्षैदेखि गुमनाम रहेको बाँदलसँगको मेरो मायालार्ई पुनर्मिलन गरिदियो । माघको महिना, गोसार्ईकुण्ड यात्राको योजना बन्दा शुरुमा त गाह्रो हुन्छ जस्तो लागेको थियो । ४,३८० मिटरको उचार्ईमा रहेको गोसार्ईकुण्ड यात्रामा चिसोले बाधा पुर्‍याउने हो कि भन्ने डर पनि थियो । तर प्रकृतिसँग रम्ने मनभरि रहर भएपछि ती डरहरु आफै हटेर गयो ।

गोसार्ईकुण्ड यात्रामा जब हामी विहानीको समय चन्दनबारी (सिङ गुम्बा) बाट उकाली लाग्न थाल्यौं । माईनसमा झरेको चिसोले धुम्म अँध्यारो बनाएको थियो सबैतिर । तर जब ती धुम्म लागेको बादललाई घामले पन्छाउँदै किरण प्रवेश गराउन थाल्यो सबैतिर सफा देखियो । जति माथि उक्लिदै गयौं त्यति नै रमणीय र सुन्दर देखिन थाल्यो प्रकृति ।

तातो घामले चरक्क पारेको प्रकृतिमा जब सेतो बाँदलको आगमन हुन थाल्यो रसुवा जिल्लाका सबै ठाउँहरु बाँदलमुनिको संसारमा हरायो । हामी भने बाँदलमाथि रमाउँदै थियौं । हाम्रै पछि लाग्दै झन झन अग्लो पहाड चढ्न थालेको थियो बाँदल । सेतै टल्किएका लाङटाङ र गणेश हिमालको काखैमा लुक्न थालेको थियो त्यो सेतो बाँदल । म भने मेरै बालापनको सेतो बाँदलको यादमा हरार्ईरहेकी थिएँ । त्यो मायामा रमार्ईरहेकी थिए हर्षित थिएँ ।

मेरो हरेक पार्ईलाहरुमा सेतो बाँदलको छाँया थियो । जसले मेरा थाकेका खुट्टाहरुलाई अगाडि बढ्न झक्झकार्ईरहन्थ्यो । मन भित्रैदेखि रमार्ईरहेको थियो । त्यो खुशी पोख्न मसँग कुनै शब्दहरु नै छैन । निक्कै बर्षदेखि सम्पर्कविहीन भएर हरार्ईरहेका दुर्ई प्रेमिको मिलनको घडी भन्दा कम थिएन त्यो समय । घण्टौसम्म सेतो बाँदलसँग रमाउने म बर्षौपछि एक्कासी बाँदलको निकट पुग्दा अवाक भएकी थिएँ ।

1 3

त्यो बालापनको म केवल बाँदलसँगको बातचितमा हराउथे, रमाउँथे । तर अहिलेको म कल्पनै कल्पनामा बाँदलको संसारमा वर्तमान खोज्नतिर लागेछु । सानो हुँदा मुमिन कार्टुनमा झैं बाँदलमाथि उडेको कल्पना गर्थे । त्यही बालापनकै बेला हो, मुमिन हेरेको अनि वायुपंखी घोडामा आउने राजकुमारको कथा सुनेको । सेतो बाँदलसँग माया बस्दा पनि त्यो वायुपंखी घोडामा आउने राजकुमारको अलिकति नि याद आएको थिएन ।

तर जब गोसार्ईकुण्ड यात्रामा एक्कासी सेतो बाँदलको स्पर्श पाएँ, त्यही वायुपंखी घोडामा आउने राजकुमारको कथाको याद आयो । सोच्न थाले कि बालापनमा माया बसेको सेतो बाँदल राजकुमारको भेषमा आउँदै पो हो कि ? वायुपंखी घोडामा मलार्ई राखेर बाँदलमाथि सफर गराउँदै त्यो सुन्दर संसारमा लैजान्छ कि ? सोचमग्न भएकी थिएँ म । यति सुन्दर रहेछ बाँदलमाथिको संसार । त्यही भएर त भगवान पनि बाँदलमाथि रथ यात्रा गर्दारहेछन् ।

त्यो सेतो बाँदलले पहाड र डाँडाँपाखा ढाकेर बनेको सुनौलो दृष्य देख्दा मलाई नि बाँदलमाथि यात्रा गर्न रहर लागेको थियो । सानोमा हेर्ने सेतो बाँदलले यति राम्रो संसार बनाएको थिएन । र पनि माया बसेको थियो । झन यो दृष्यमा बाँदलसँग माया नबस्ने कुरै भएन । जति हेर्‍यो त्यति हेर्न मन लाग्ने । एक चोटी पनि आँखा झिमिक्क गर्न नपरे हुन्थ्यो जस्तो दृष्य । आँखामा आएको त्यो दृष्य काल्पनिक हो कि जस्तो लागेर आँखा मिच्थे ।

तर वास्तविकतामै म प्रकृतिको त्यो सुन्दर दृष्यमा हराईरहेकी थिए । जहाँ, सेतै भएर उभिएका हिमालहरु, केहि पर हिँउले खाएर कालै भई उभिएका पत्थरहरु अनि हरिया डाँडापाखालाई केहि हदसम्म देखाएर सेतै अनि सम्म पारेर बनेको बाँदलमाथिको संसार थियो । भगवानको संसार भन्दै चलचित्रमा हेर्ने दृष्य भन्दा कम थिएन । र त वायुपंखी घोडामा आउने राजकुमारको कल्पना गर्न बाध्य भएँ म । साँच्चै नै बर्षौपछि फेरि पनि सेतो बाँदलको मायामा मोहित भएकी थिएँ म ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७