मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित, रोनाल्डो बने दोस्रो


२६ माघ २०७७, सोमबार

काठमाडौं, २६ माघ । अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल क्लबका स्टार लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन् ।

द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टटिस्टिक्स आइएफएफएचएसले मेस्सीलाई दशककै उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको हो ।

आइएएफएफएचएसमा आवद्ध १५० देशका सदस्यबाट मेस्सी सर्वोत्कृष्ट घोषित भएका हुन् । दोस्रो नम्बरमा भने अर्का स्टार क्रिस्टियानो रोनाल्डो परेका छन् ।

यस्तै युरोपकै उत्कृष्टमा खेलाडीको विधामा रोनाल्डोलाई छानिएको थियो भने दक्षिण अमेरिकाको उत्कृष्टमा मेस्सी परेका थिए । तर समग्रमा दशककै विश्व उत्कृष्टमा मेस्सीले बढी मत प्राप्त गरेको इएसपीएनले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७