जिफोर्स सेक्युरिटीको दादागिरी, मजदुरले सेवा सुविधा माग्दा बल प्रयोग


२७ माघ २०७७, मंगलवार
TH4B0002 scaled

काठमाडौं, २४ माघ : जिफोर्स सेक्युरिटी कम्पनीले मजदुहरु माथि बल प्रयोग गरेका छन् । जिफोर्ससँग सम्बद्ध रहेर काम गरेका मजदुहरुले आफूले पाउनु पर्ने सेवा सुविधा माग गर्दा कम्पनीले बल प्रयोग गरेको हो ।

मजदुरहरूले आफूले सेवा गरे बापत पाउनु पर्ने चाडपर्व खर्च नपाएको भन्दै शान्तिपूर्ण आन्दोलन गर्दा सेक्युरिटी कम्पनीले बल प्रयोग गरेको हो । जिफोर्सले कृषि विकास बैङ्कमा कार्यरत मजदुरहरूलाई बल प्रयोग गरेको हो ।

 ‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेको बेला जिफोर्स सेक्युरिटी कम्पनीले गुन्डा प्रयोग गरेर हाम्रो आन्दोलनलाई बिथोल्न खोजियो । प्रहरी नभएको भए हामीलाई त्यहाँबाट लखेट्ने उनीहरूले योजना थिए’ नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका महासचिव प्रेमबहादुर कार्कीले भने, ‘हामीले चाडपर्व खर्च बापत पाउनु पर्ने सुविधा दसैँ तिहार गएको यतिका समय बितिसक्दा पनि पाएका छैनौँ । हामी माग्नु जाँदा पनि कुनै त्यस्तो सम्झौता छैन भन्दै उल्टै हप्काउने गरेका छन् । तर, हामीलाई काम लगाउँदा सेक्युरिटी कम्पनीले भने कृषि विकास बैङ्कसँग बक्दासँग सम्झौता गरेका छन् ।’

कृषि विकास बैङ्कसँगको सम्झौतामा भने चाडपर्व दशैंतिहारमा १३,४५० रुपैयाँ दिने सम्झौता रहेको छ । बैङ्कले पनि उक्त सम्झौता रहेको स्वीकार गरे पनि सेक्युरिटी कम्पनीले सम्झौता नभएको दाबी गर्दै आएको छ । जिफोर्स सेक्युरिटी कम्पनी मार्फत कृषि विकास बैङ्कमा कार्यरत २५० जनाले तलब पाएको छैनन् । जिफोर्ससँग मजदुरहरूको २ करोड भन्दा बढीको मुद्दा विचाराधीन रहेको छ ।

त्यस्तै मुद्दा चलेको बाहेक पनि १५,००,००० बाँकी रहेको छ ।जिफोर्स कम्पनी मार्फत कृषि विकास बैङ्कमा कार्यरत एक मजदुर भन्छन्, ‘हामीले तोकिएको समय भन्दा २, ३ घण्टा ज्यादा डिउटी गर्नुपर्छ तर, हामीले पाउनु पर्ने सेवा सुविधा भने कटौती गर्छ । गुन्डा प्रयोग गरेर हामीलाई नियन्त्रण गर्न खोज्नु भन्दा हाम्रो सेवा सुविधा दिए हुन्थ्यो नि हामीले पनि परिवार पाल्नु पर्छ ।’

त्यस्तै जिफोर्स सेक्युरिटी कम्पनीबाटै वाणिज्य विकास बैङ्कमा कार्यरत मजदुरको पनि हालत उस्तै छ । लेबर एन २०४८ संशोधन भइसक्दा पनि मजदुरलाई छल्न जिफोर्स सेक्युरिटीले पुरानै कानुन लागु गर्न खोजेको श्रमिकहरूले आरोप लगाउँदै आएका छन् । भूपूहरुको हकमा पनि जिफोर्सले बदमासी गर्दै आएका छन् । नयाँ व्यवस्था अनुसार भूपूहरुले उपदान पाउनु पर्ने व्यवस्था रहे पनि जिफोर्सले भने नपाउने भन्दै आएका छन् ।

सिभिल र भूपूलाई उस्तै व्यवहार गरेको एक मजदुरले बताए । ३९ जना मजदुरले आफ्ना तलब पाउनु पर्ने भन्दै श्रम अदालतमा मुद्दा हालेको विचाराधीन रहेको छ । ३५ जना चलिरहेको छ । श्रम अदालतले फैसला गरेको मजदुरको पक्षमा फैसला गरेको पनि कार्यान्वयन भएको छैन । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७