पाँच दिनमा बलात्कारका तीन घटना


२७ माघ २०७७, मंगलवार
Rape बलात्कार

गोरखा, २७ माघ । गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन् । माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासका तीन वटा घटना प्रहरी कार्यालयमा आएको हो ।

रौतहट घर भई सहिद लखन गाउँपालिका–८ बस्ने रमन मुखिया माघ २० गते २६ वर्षकी युवतीलाई जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा छानबिन भइरहेको छ । पीडक परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी सुरेन्द्र गुरुङले बताए ।

माघ २१ गते गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने चार वर्षकी बालिका विद्यालयमै बलात्कृत भइन् । बलात्कार आरोप लागेका १३ वर्षका बालक प्रहरीको बाल हिरासतमा छन् । बालिकाको परिवारले २२ गते जाहेरी दिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माघ २४ गते सहिद लखन गाउँपालिका–७ का २५ वर्षीय युवक १४ वर्षकी बालिकालाई जबर्जस्ती करणी प्रयासको अभियोगमा पक्राउ परेका छन् । घरमा कोही नभएका बेला युवतीलाई ललाईफकाई बलात्कार प्रयास गरेको भन्दै पीडित परिवारले प्रहरीमा जाहेरी दिएको छ । ‘अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं,’ एसपी गुरुङले भने ।

यी घटनाअघि पनि माघ ८ गते गोरखा नगरपालिका–६ मा बस्ने २२ वर्षकी युवतीलाई ३० वर्षका पुरुषले बलात्कार गरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गरेको छ । घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसरी गोरखामा माघमा मात्रै बलात्कार र प्रयासका चारवटा घटना भएका छन् । ‘अहिले घटनाबाहिर आउने क्रम बढेको हो,’ गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले भने, ‘पहिले पनि यस्ता घटना हुन्थे तर कतिपय गाउँमा मिलाइन्थे होला भने कतिपय जानकारीमै आउँदैनथे ।’

मानिस सचेत हुँदै गएपछि हिंसाका घटनाको उजुरी गर्ने क्रम पनि बढेको उनले बताए । ‘हामीले थाहा पाएका र उजुरी आएका घटना निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउनेछौं,’ उनले भने । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७