गृहमन्त्री बादल पक्षले बहिष्कार गरेको ओली निकट युवा संघकाे अध्यक्षमा बचनबहादुर

वैशाख १७ र २७ को निर्वाचनलाई लक्षित गरी बनाइएको कमिटीहरु को–को छन् ?


२७ माघ २०७७, मंगलवार
25ef4477e6e083bb1f6c610d65043d8f w1000 h500 cp

काठमाडौं, २७ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पक्षका युवाले बहिष्कार गरेको आली समूहको युवा संघको भेलाले बचनबहादुर सिंहलाई अध्यक्षमा चयन गर्दै केन्द्रीय समिति पुनर्गठन गरेको छ ।

तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ प्रचण्ड–माधव पक्षमा लागेपछि उनलाई हटाएर ओली पक्षले सिंहलाई अध्यक्ष चयन गरेको हो ।

प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ का लागि तोकिएको निर्वाचनलाई लक्ष्य गरी नेकपाको युवा संघले ठूलो केन्द्रीय समिति बनाएको छ । अध्यक्ष पदमा सिंह र रमेश पौडेल दाबेदार थिए । युवा संघ इञ्चार्ज महेश बस्नेतले सिंहलाई अध्यक्ष प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले त्यसैलाई पारित गरेको हो ।

बचनबहादुर आगामी जेठमा ४० वर्ष पुग्ने भएकाले उनी अब करिब चार महिना मात्र युवा संघको अध्यक्ष रहने छन् । त्यसपछि सहअध्यक्षको जिम्मेवारी पाएका किरण पौडेल स्वतः अध्यक्ष बन्ने समझदारी भएको स्रोतले जानकारी दिएको छ । ओली समूहले युवा संघको सहअध्यक्षमा पौडेललाई चयन गरेको छ । यसैगरी रमेश आचार्य महासचिव बनेका छन् ।

उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, किरण गौतम र सुमन पुरी छन् ।

उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी मुकेश बुढाथोकीले पाएका छन् । राकेश लामा र हिमेश केसी सहकोषाध्यक्ष बनेका छन् ।
समितिमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरीलाई उपाध्यक्ष चयन गरिएको छ ।

समितिमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरीलाई उपाध्यक्ष चयन गरिएको छ ।

यस्तै महासचिवमा रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारीलाई मनोनयन गरिएको छ ।

त्यसैगरी सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई सचिव छन् ।

युवा संघले निर्वाचन आयोग प्रमुखको जिम्मेवरी बाबुराम पाण्डेलाई दिएको छ भने लेखा आयोग प्रमुखको जिम्मेवारी सुदीप सापकोटालाई दिएको छ । आयोगको उपप्रमुखमा प्रल्हाद प्रधानलाई चयन गरिएको छ । नयाँ कार्यसमितिका पदाधिकारीले भव्य समारोहबीच सोमबार अबेर राति शपथ लिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७