अभिनेता राजीव कपुरको ह्दयघातका कारण निधन


२७ माघ २०७७, मंगलवार
rajiv kapoor QfTLRmea3K

नयाँदिल्ली, २७ माघ । बलिउड अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाइ राजीव कपुरको ९ फेब्रुअरी (आज) दिउँसो हृदयघातका कारण निधन भएको छ । ५८ वर्षका राजीवको चेम्बुरमा उनको घर नजिकैको अस्पतालमा निधन भएको हो ।

राजीवले राम तेरी गंगा मैली जस्ता विभिन्न फिल्ममा काम गरेका थिए । ऋषि कपुरकी श्रीमती नीतू कपुरले आफ्नो सोसल मिडिया अकाउन्टबाट पोस्ट गरेर यसबारे पुष्टि गरेकी छिन् । नीतू कपुरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट राजीव कपूरको तस्बिर सेयर गर्दै लेखिन्, ‘रेस्ट इन पीस । ’

Capture

राजीव कपूरले हिन्दी सिनेमामा अभिनेता, निर्माता र निर्देशकको रुपमा काम गरेका थिए । शम्मी कपुर र शशी कपूर राजीवका काका थिए । कामको कुरा गर्ने हो भने उनले सन् १९८३ मा रिलिज भएको फिल्म ‘एक जान हे हम’ बाट सिल्भर स्क्रिनमा अभिनेताको रुपमा डेब्यू गरेका थिए । सन् १९८५ मा रिलिज भएको फिल्म राम तेरी गंगा मैलीमा राजिवले मुख्य भूमिका निर्वाह गरेका थिए । आसमान, लभर बोय, जबरदस्त र हम तो चले परदेस उनको सबैभन्दा चर्चित फिल्ममा गनिन्छन् ।

Capture 1

दिग्गज बलिउड गायिका लता मंगेशकरले माइक्रोब्लगिङ साइट ट्वीटरमा ट्वीट गरेर राजीव कपुरको निधनमा शोक व्यक्त गरेकी छिन् ।

लता मंगेशकरले आफ्नो ट्वीटमा लेखिन्, ‘मैले भर्खरै थाहा पाएँ कि राज कपूर साहबका कान्छा छोरा, गुणी अभिनेता राजीव कपुरको आज वर्गवास भयो । सुनेर मलाई असाध्यै राम्रो लाग्यो । ईश्वरले उनको आत्मालाई शान्ति प्रदान गरुन् । यही मेरो प्रार्थना हो ।’ लताको ट्वीटमा विभिन्न प्रशंसकले राजीव कपूरको आत्मा शान्तिको प्रार्थना गरेका छन् । एजेन्सी

Capture 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७