नेपाल प्रहरीका २३ एसपीको सरुवा (सूचिसहित)


२७ माघ २०७७, मंगलवार
Nepal police

काठमाडौं,२७ माघ । नेपाल प्रहरीका २३ प्रहरी उपरिक्षक (एसपी)को सरुवा तथा पदस्थापन भएको छ । नेपाल प्रहरी मातहतका विभिन्न निकायमा कार्यरत ७ एसपीको सरुवा र भर्खरै डिएसपीबाट एसपीमा बढुवा भएका १६ एसपीको विभिन्न निकायमा पदस्थापन भएको हो ।

अधिकांश प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यकामा कार्यरतको सरुवा हुँदा एक जना मात्र जिल्ला प्रहरी प्रमुखको सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एसपी नान्तीराज गुरुङको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा भएको छ भने उनको ठाउँमा जुनीयर प्रहरी अधिकृत शिक्षालय भरतपुर, चितवनमा कार्यरत ओम अधिकारीलाई ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७