चित्रबहादुर केसी भन्छन्, ‘दुई दिन चूल्होचौको मिल्दैमा पार्टी एकता हुँदैन’


६ फाल्गुन २०७४, आईतवार
Chitra bahadur kc peace sign

काठमाण्डौं, ६ फागुन : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई दिन चूल्होचौका मिल्दैमा एमाले र नेकपमा माओवादी केन्द्रबीच एकता हुन नसक्ने दावी गरेका छन् ।Chitra bahadur kc peace sign

उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबैको मनमा स्वार्थ रहेका कारण पार्टी एकता असम्भव रहेको उनले बताएका छन् । पार्टी एकताका लागि कार्यनीति, रणनीति, नीति तथा सिद्धान्त, दर्शन र व्यवहार पनि मिल्नु पर्ने बताउँदै अध्यक्ष केसीले भने, ‘दुई दिन मेस मिल्यो भन्दैमा पार्टी मिल्यो भनेर हल्ला नगरे हुन्छ ।’

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दावी गरे जस्तै माओवादी केन्द्र र एमालेको सम्बन्ध पछिल्लो समय ‘अप–डाउन’ को अवस्थामा देखिएको छ । संघीयता कार्यान्वयनका लागि गरिएका तीन चुनावमा वाम एकता गरेका एमाले–माओवादी केन्द्रबीचको समबन्ध केहि दिनयता चिसिएको छ । तर, जनताको म्याण्डेटका कारण उनीहरु न मिल्न सक्ने, न छुट्न सक्ने अवस्थामा रहेको जानकार बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेसँग यो सम्बन्धमा थप चिसोपना देखियो । तर, यसलाई बाहिर नदेखाउनका लागि दुबै दलका नेताहरुले आफूहरु पार्टी एकताको अन्तिम विन्दुमा रहेको बताउँदै ‘वान टु वान’ वार्ता समेत गरेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

दुई अध्यक्षबीच शनिबारको वार्ता फेरि सकारात्मक भएको नेताहरूले बताए पनि पार्टी एकताकै चरणमा पुग्न भने सकिरहेको छैन । प्रधानमन्त्री ओली र दाहालबीच शनिबार बिहान बालकोटमा करीब पौने घण्टा छलफल भएको भयो े। माओवादी केन्द्रले पार्टी एकतालगायत अन्य पदीय भागबन्डामा समेत प्याकेज सहमति गरेर मात्रै सरकारमा सहभागिताको विषयमा निर्णय लिने बताइरहँदा ओली–दाहालबीच शनिबार छलफल भएको हो । औपचारिक–अनौपचारिक संवादमा रहेका ओली–दाहालले शनिबार भने आइतबार एकता संयोजन समितिको बैठक बसेर बुधबारकै बैठकमा भएका सहमतिलाई निरन्तरता दिँदै नमिलेका विषयमा सहमति खोजी गरी एकता र सरकार गठनलाई निष्कर्षमा पु¥याउने निर्णय गरेको भए पनि पार्टी एकता र सरकारमा सहभागिता अन्योलपूर्ण नै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७