प्रतिस्पर्धा गराउने भनेर कुलमानको नियुक्ति रोकेको सरकारले शाक्यलाई सीधै नियुक्ति दियो


२८ माघ २०७७, बुधबार
kulman n hitendra2021 02 10 06 14 05

काठमाडौं, २८ माघ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने भनेर कुलमान घिसिङलाई रोकेको सरकारले हितेन्द्रदेव शाक्यलाई भने सीधै नियुक्ति दिएको छ । प्रधानमन्त्री केपी ओलीले ऊर्जा मन्त्रालयबाट प्रस्ताव मगाएर शाक्यलाई नियुक्ति दिएका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको छ । यसअघि २७ कात्तिकदेखि उनी निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गत भदौमा घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर, प्रधानमन्त्री ओलीले प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छान्ने भन्दै नियुक्ति रोकेका थिए ।

घिसिङ बिदा भएपछि प्राधिकरण निमित्त कार्यकारी निर्देशकको नेतृत्वमा थियो । करिब दुई महिना प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । तर, पछि शाक्यलाई नै कामको जिम्मेवारी दिइएको थियो ।

मंगलबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले ऊर्जा मन्त्रालयको सिफारिसमा शाक्यलाई नियुक्त गरिएको बताए । शाक्यले पनि नियुक्त गर्ने निर्णय भएको जानकारी पाए पनि आधिकारिक पत्र अझै प्राप्त नभएको बताए । ‘पत्र प्राप्त गरेपछि मात्र मिडियालाई प्रतिक्रिया दिन्छु,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७