सीमा सुरक्षा : एकीकृत संयन्त्र बनाएर अगाडि बढ्ने गरी सुझावसहितको प्रस्ताव


२८ माघ २०७७, बुधबार
nepal army

काठमाडौं, २८ माघ । नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा एकीकृत समन्वयको अभाव भएकाले नै सीमासम्बन्धी समस्या जटिल बन्दै गएको बहस विज्ञहरूबीच जारी रहेका बेला ती निकायले एकीकृत संयन्त्र बनाएर अगाडि बढ्नेगरी सुझावसहितको प्रस्ताव तयारी गरेका छन् । प्रस्ताव तयार भएपछि सरकारलाई बुझाइने छ ।

छिमेकी मुलुक भारतसँग जोडिएका कालापानी, लिपुलेक, लिम्पियाधुरामा सबैभन्दा जटिल समस्या देखिएको छ । त्यस विषयमा भारतसँग वार्ता गर्ने पहल पनि सरकारले गरिरहेको छ ।

आगामी दिनमा वार्तालाई समेत प्रभावकारी बनाउने गरी सीमा सुरक्षा र व्यवस्थापनमा सम्बद्ध सबै निकायलेसीमा सुरक्षा र व्यवस्थापनमा एक्ला एक्लै काम गर्नुभन्दा पनि एकीकृतरूपमा सँगसँगै मिलेर अगाडि बढ्नका लागि संयन्त्र निर्माण गर्न लागिएको हो ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्वयका क्षेत्रहरू विषयक दुई दिने सम्मेलनपछि सहभागी सबै निकायले आफ्नो भूमिका स्पष्ट हुने गरी एकीकृत संयन्त्र गठन गर्ने, समन्वय र सहकार्यात्मक रूपमा सीमा सुरक्षा र व्यवस्थापनमा सक्रिय र हुन सकिने निक्र्योल गरेर त्यस्तो सुझावसहितको प्रस्ताव तयार गर्न लागिएको हो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७