ला लिगामा रियाल मड्रिड विजयी


२८ माघ २०७७, बुधबार
spains leauge

काठमाडौं, २८ माघ । स्पेनिस ला लिग फुटबलमा गएराति रियाल मड्रिडले गेटाफेलाई २–० ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र मेन्डीले एक एक गोल गरे । जितसँगै रियालले अंक तालिकाको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दूरी घटाएको छ । उसको २२ खेलबाट ४६ अंक भएको छ ।

शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ५१ अंक छ भने २१ खेलबाट ४३ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७