ओलीको झुट पनि बिक्न छाड्यो : रघुजी पन्त

‘वीरेन्द्र र ज्ञानेन्द्रको त कल्याण्डा गर्न नसकेको पशुपतिले गोलीको पनि गर्दैन’


२८ माघ २०७७, बुधबार
2021 02 10 Raghu G Panta

काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्तले प्रधानमन्त्री ओलीले झुट समेत स्थिर रुपमा बोल्न नसक्ने गरेको बताएका छन् । उनले एउटै भाषणमा ओलीले आफ्ना कुराको खण्डन गर्ने गरेको भन्दै उनका झुट पनि बिक्न छाडेको बताए ।

‘म ओलीको आलोचना गर्दिनँ, किन भने अस्ति ओलीले नारायणहिटीको दक्षिण गेटमा आँशु झार्नुभयो, अझै आलोचना गरे पश्चिम गेटतिर गएर आँशसु झार्नुहोला’, पन्तले भने, ‘ओलीजी कुरा नफेर्नुस् जनताले तपाईंको झुट बुझिसके । नारायणहिटी गेटमा उभिएर अस्ति भन्नुभयो । यो सरकार बनेपछि जस्तो विकास कहिल्यै भएको थिएन । अनि फेरि भन्नुभयो मलाई प्रचण्ड–माधव नेपाल र अरुले हात खुट्टा बाँधेर काम गर्ने दिएनन् ।’

उनले प्रतिनिधिसभा विघटन गरेर रुद्राक्षको माला लाएर पशुपति जाँदैमा सत्ताको रक्षा नहुने चेतावनी दिए । ‘प्रतिनिधिसभा विघटन गरेपछि रुद्राक्षको माला लगाएर पशुपति जानुभयो । ओलीजीले के माग्नुभयो थाहा छैन । तर ३० करोडको सुनको जलप लगाउने घोषणा गर्नु भएको छ’, पन्तले भने, ‘म यतिबेला राजा वीरेन्द्रलाई सम्झन्छु । उनले सधैं बोलिसकेपछि भन्ने गर्थे श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । सधैं पशुपतिनाथसँग गुहार माग्ने राजा वीरेन्द्रको वंशनाश भयो । तपाईंलाई कसले जोगाउँछ होला ?’

उनले ओलीलाई नबोल्ने पशुपतिनाथलाई होइन बोल्ने पशुपतिनाथहरुलाई खुसी पार्न सुझाव समेत दिए । ‘हरेक भाषण र मन्तव्यको अन्त्यमा पशुपतिनाथ गुहार्ने राजा वीरेन्द्रको वंशनाश भयो, पशुपतिले बचाएनन्,’ उनले भने, ‘त्यसैगरी हरेक सम्बोधनको अन्त्यमा पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने ज्ञानेन्द्र नारायणहिटीबाट नागार्जुन पुग्नुपर्‍यो।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७