प्रचण्ड-माधव समूहलाई उत्साही बनाएको शक्ति प्रर्दशन (फोटो फिचर)


२८ माघ २०७७, बुधबार
Nepal Communist Party Protest scaled

काठमाडौं, २८ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । बुधबारको प्रर्दशनले नेकपाका नेताहरु उत्साही भएका छन् । तर सभास्थल वरपर पर्याप्त माइकहरुको व्यवस्थापन नहुदा सहभागीहरु नेताहरुको मन्तव्य सुन्नबाट समेत बञ्चित भएका थिए ।

सभाको मञ्च भृकुडीमण्डपअघिको मुख्य सडकमा बनाइएको थियो । मुख्य सडकबाट रत्नपार्क तर्फ, भद्रकाली तर्फ र पद्यमोदय तर्फको सडक पुरै भरिएको थियो । भद्रकाली तर्फ सहिद गेट, सुन्धरा र खुला मञ्च अघिको बसपार्क सहभागीहरुले भरिएको थियो । उक्त स्थानहरुमा माइक नहुदा मन्तव्य सुन्नबाट सहभागी बञ्चित भएका थिए ।

कार्यक्रमलाई अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, देव गरुङ, रामचन्द्र झा, रघु पन्त, अञ्जना विशंखे, रामकुमारी झॉक्री, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, र सन्तकुमार चौधरी लगायतले सम्बोधन गरे । कार्यक्रमको अध्यक्ष हितबहादुर तामाङ थिए भने स्वागत जीवनराम श्रेष्ठले गरे । सञ्चालन लीलामणि पोखरेलले गरेका थिए । हेर्नुहोस् फोटो फिचर :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७