महामारीपीडित जनतालाई सरकारको अर्को ‘उपहार’ : पेट्रोलियम पदार्थमा मूल्यवृद्धि


२८ माघ २०७७, बुधबार
nepal oil negam

काठमाडौं, २८ माघ । कोरोना भाइरसको महामारीबाट पिडित भएका जनताहरुलाई मारमा पर्ने गरी सरकारले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्‍याएको हो ।

सरकारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँस र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलको मूल्य ११२ र डिजेल र मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो ।

निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ ।

Nepal oli

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७