ललिता निवास काण्डका मुख्य योजनाकार शोभाकान्त ढकाललाई सदरखोरकाे थुनामा पठाइयो


२८ माघ २०७७, बुधबार
Special Court nepal huwSZ2qBfc

काठमाडौं, २८ माघ । बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको १ सय ४३ रोपनी सरकारी जग्गा हिनामिना गर्ने मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हो।

अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले शोभाकान्त ढकाल, रामकुमार सुवेदीसहित १७५ जनाबिरुद्ध ललिता निवासको जग्गा हिनामिनामा संलग्न भएको आरोपमा मुद्दा दायर गरेको थियो । ढकाल आज अदालतमा उपस्थित भएका थिए । आज भएको थुनछेक बहसपछि उनलाई थुनामा पठाइएको छ ।

शोभाकान्त ढकाल
सोभाकान्त ढकाल

बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपका मुख्य अभियुक्त मानिएका ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए। उनलाई सदरखोर डिल्लीबजार पठाइएको प्रवक्ता पाण्डयले बताए ।

ललिता निवास जग्गा हिनामिनामा संलग्न अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई विशेष अदालतले थुनामा पठाउने आदेश यसअघि नै दिइसकेको छ । बस्नेतपछि ढकाललाई थुनामा राख्न आदेश दिएको छ । ढकालपत्नी उमा ढकाल यसअघि धरौटीमा रिहा भइसकेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । २०७६ माघ २२ गते अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

आयुर्वेदका चिकित्सक शोभाकान्त ढकाल र रामकुमार सुवेदी ललिता निवास जग्गा हिनामिनाका मुख्य योजनाकार हुन् । ढकाल र गुरुङले भाटभटेनी डिपार्टमेन्टल स्टोरका संचालक मीनबहादुर गुरुङलाई समावेश गरी उक्त जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७