चिनियाँ यान ‘तियानवेन–१’ मंगल ग्रहको कक्षमा प्रवेश


२९ माघ २०७७, बिहीबार
116892661 ejnzjrfwaae3om8

काठमाडौं, २९ माघ । चीनले मंगल ग्रहको लागि प्रक्षेपण गरेको अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ ।

तियानवेन–१ नामको उक्त अन्तरिक्ष यान हिजो मंगल ग्रहको कक्षमा प्रवेश गरेको चीनको राष्ट्रिय अन्तरिक्ष केन्द्रले जनाएको छ । यो यान अन्तरिक्षमा सात महिना लामो यात्रा गरेपछि मंगल ग्रहको कक्षमा पुगेको हो । अब छिट्टै मंगलको सतहमा अवतरणको प्रयास भइरहेको छ ।

चीनको यो मंगल मिसनमा एउटा अर्बीटर, एउटा ल्याण्डर र एउटा ६ पांग्रे रोभर रहेको छ । अर्बीटरले मंगल ग्रहको कक्षमा रहेर पृथ्वी र मंगल ग्रहमा अवतरण गर्ने यानसँग समन्वय गर्नेछ । यसैगरी रोभरले मंगल ग्रहको सतहमा पुगेर तथ्यांक र नमुना संकलन गर्नेछ । चीनको यो मंगल सिमनलाई अमेरिकासँगको अन्तरिक्ष टकरावको रुपमा हेरिएको छ ।

चिनियाँ भाषामा ‘तियानवेन’ को अर्थ ‘स्वर्गीय सत्यको खोजी’ भन्ने हुन्छ । यो मिसनले मंगल ग्रहको भौगर्विक बनावट, वायुमण्डल, पर्यावरण र माटोको अध्यन गर्नेछ । मंगल मिसनमा सफलता पाउने चिन विश्वको छैटौं देश बनेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७