एफए कप : म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा


२९ माघ २०७७, बिहीबार
thumb 5

बेलायत, २९ माघ । पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले बुधबार स्वान्सी सिटीलाई ३–१ ले सजिलै हराएर एफए कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । त्यस जितमा केली वाल्कर, रहिम स्टर्लिङ र ग्याब्रिएल जेससले गोल गरे ।

यो सबैखाले प्रतियोगितामा सिटीको लगातार १५ औं जित हो । स्वान्सीका लागि मोर्गन ह्वाटेकरले एक गोल फर्काए । दिनको अर्को प्रमुख खेलमा एभरटनले टोटनहमलाई ५–४ ले हरायो ।

नौ गोलको रोमाञ्चक खेलमा बर्नार्डले अतिरिक्त समयको ९७ औं मिनेटमा निर्णायक गोल गरे । यस्तै लेस्टरले ब्राइटन र सेफिल्ड युनाइटेडले ब्रिस्टल सिटीलाई समान १–० ले पराजित गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७