विश्वभरी कोरोनाबाट संक्रमितको संख्या १७ प्रतिशतले कमी

‘नेपालमा लगाइरहेको एस्ट्राजेनेका अक्सफोर्डको खोप प्रभावकारी देखियो’


२९ माघ २०७७, बिहीबार
koronav

काठमाडौं, २९ माघ । कोरोना भाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्यामा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा सङ्क्रमितको संख्या घट्दै गएको देखिएको हो ।

पछिल्लो हप्तामा ३१ लाख नयाँ सङ्क्रमित भेटिएको डब्लूएचओले जनाएको विवरण सीएनएनले सार्वजनिक गरेको छ । यो संख्या अघिल्लो हप्ताको तुलनामा १७ प्रतिशत कम भएको उनीहरुको भनाइ छ ।

झण्डै १५ हप्ता अगाडि गत अक्टोबरपछिको सबैभन्दा कम सङ्क्रमित अहिले नै भएको तथ्याङ्कमा उल्लेख छ । अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकहरुमा पनि सङ्क्रमितहरुको संख्यामा कमी हुँदै गएको डब्लूएचओले जनाएको छ ।
त्यसैगरी पछिल्लो एक हप्तामा विश्वभरी ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो संख्या पनि अघिल्लो हप्ताको तुलनामा १० प्रतिशत कम हो ।

‘नेपालमा लगाइरहेको एस्ट्राजेनेका अक्सफोर्डको खोप प्रभावकारी देखियो’
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विशेषज्ञले कोरोनाविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको खोपको प्रयोग बढाउन सिफारिस गरेका छन् ।

बुधबार उनीहरूले खोपको नकारात्मक असर (साइडइफेक्ट) को तुलनामा फाइदा बढी देखिएको बताएका हुन् । एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप भारतले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ र नेपाललाई पनि १० लाख डोज निःशुल्क उपलब्ध गराएको छ। जुन अहिले देशभर लगाउने क्रम जारी छ ।

स्ट्राटेजिक एडभाइजरी ग्रुफ अफ एक्सपर्ट्स (एसएजीई) ले आफ्नो सिफारिमा भनेको छ– डब्ल्यूएचओद्वारा समीक्षा गरिएको तथ्यांकले यस कुराको पुष्टि गर्छ । बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको अध्ययनका आधारमा विशेषज्ञले एस्ट्राजेनेका–अक्फोर्डद्वारा विकसित खोपको दुई डोज दिइएपछि ६३.०९ प्रतिशत प्रभावकारिता देखिएको बताएका छन् ।

एसएजीईले दोस्रो डोज ८ देखि १२ हप्ताभित्र दिन पनि सिफारिस गरेको छ । धेरैजसो खोपमा यस्तो अन्तर २४ दिनको राख्ने गरिएको छ । अक्सफोर्डको खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसका लागि पनि सुरक्षित देखिएको दाबी गरिएको छ ।

विशेषज्ञको टोलीले एस्ट्राजेनेका–अक्सफोर्डको खोप कोरोनाको नयाँ प्रकारविरुद्ध भने कम प्रभाव देखिएको बताएको छ । तर पनि कोरोनाको नयाँ स्वरूप फैलिएको दक्षिण अफ्रिकामा पनि यो खोप लगाउन सिफारिस गरेको छ । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७