न्यु क्यालेडोनिया टापुमा शक्तिशाली भूकम्प, सुनामी आउने खतरा


२९ माघ २०७७, बिहीबार
1511293960 00

काठमाडौं, २९ माघ । दक्षिणी प्रशान्त सागरको न्यु क्यालेडोनिया टापुमा बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ७.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि अस्ट्रेलिया, न्युजिल्यान्ड र फिजीमा सुनामी आउने खतरा रहेकाले सतर्क रहन चेतावनी जारी गरिएको छ । सुनामी वार्निङ सेन्टरका अनुसार भूकम्प गए लगत्तै प्रशान्त महासागरमा ३ फिट अग्लो छाल मडारिएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्ड बीचमा अवस्थित यो सुन्दर समुद्री टापु फ्रान्समा पर्छ । जहाँ ३ लाख मानिस बसोबास गर्छन् । भूकम्पले न्युजिल्यान्ड, फिजी र भानुआटुलाई बढी जोखिममा पार्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले उल्लेख गरेका छन् । शक्तिशाली भूकम्प गइरहने भएका कारण यो क्षेत्रलाई खतराको सूचीमा राखिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७