६० वर्ष पछि निजामती कर्मचारीको अनिवार्य अवकाश


२९ माघ २०७७, बिहीबार
karmachari staff covil wNY50lo5Zy 1

जनकपुरधाम, २९ माघ । प्रदेश–२ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ ।

प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको हो । यस ऐनअन्तर्गत प्रदेश–२ को प्रदेश निजामती सेवामा अधिकृत बाह्रौँ तहदेखि सहायक तेस्रो तहसम्मका कर्मचारी रहने उल्लेख छ ।

प्रदेश निजामती सेवामा आर्थिक, योजना तथा तथ्याङ्क सेवा, इञ्जिनीयरिङ्ग, कानून, कृषि, प्रशासन, वन, विविध, शिक्षा र स्वास्थ्य सेवाको गठन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७