रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी, समर्थकको प्रदर्शन (तस्विरहरु)


२९ माघ २०७७, बिहीबार
ram kumari jhakri 1 scaled

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको छ । झाँक्रीलाई पक्राउ गर्न प्रहरी निवास परिसरमा छिरेपछि उनको निवास अगाडि नेकपा कार्यकर्ताले पक्राउको विरोध गर्दै प्रदर्शन थालेका छन् ।

शंखमुलस्थित झाँक्रको निवास अगाडि युवा विद्यार्थीहरुको एक समूहले प्रदर्शन गरिरहेको छ । झाँकीले गोरखाको जनसभामा दिएको अभिव्यक्तिको विषयमा सोधपुछ गर्न प्रहरीले बोलाएको थियो । त्यस लगत्तै उनको निवास अगाडि प्रहरी पुगेको थियो । झाँक्रीलाई पक्राउ गर्न प्रहरीले पटक–पटक कोशिस गरे पनि उनका समर्थकले अवरोध गरिरहेका छन् । झाँक्रीको पक्राउका कारण प्रहरी र नेकपा कार्यत्रकर्ताबीच झड्पको सम्भावना बढेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विद्यार्थीले रामकुमारी झाँक्रीलाई पक्राउ गर्न नपाइने भन्दै नारा लगाएका छन् । उनीहरुले प्रधामन्त्री केपी ओली र राष्ट्रपति भण्डारीबारे चर्को नारा लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको तीब्र दवावपछि झाँक्रीलाई पक्राउ गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

बिहीबार बिहानैदेखि सादा पोसाकका प्रहरील झाँक्रीको घर घेराऊ गरेर राखेको छ । ‘अहिले प्रहरी रामकुमारी झाँक्रीको निवास परिसरभित्रै छिरेको छ’, स्रोतले भन्यो, ‘सम्भवतः केही बेरमा पक्राउ गर्ने सम्भावना छ ।’

झाँक्रीले केही दिन पहिले गोरखामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपतिलाई सो पद र राष्ट्रकै सर्वोच्च संस्थाको गरिमा कायम राख्न आग्रह गरेकी थिइन् । सोही विषयलाई लिएर ओली नेतृत्वको नेकपाको महिला संगठनले उनलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७