रामकुमारीलाई तत्काल रिहा नगरे देशभरी आन्दोलनको आँधीबेहरी सिर्जना हुन्छ : दीपशिखा


२९ माघ २०७७, बिहीबार
dipshikha 1

काठमाडौं, २९ माघ । पक्राउ गरिएकी नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई तत्काल निःशर्त रिहा गर्न राष्ट्रिय युवा संघ नेपालले माग गरेको छ ।

नेकपा (प्रचण्ड–नेपाल) पक्षकी केन्द्रीय सदस्यलाई राज्यविरुद्धको कसुरमा प्रहरीले पक्राउ गरे लगतै युवा संघ विज्ञप्ती जारी गर्दै तत्काल रिहाइको माग गरेको हो ।

झाँक्रीलाई विना शर्त तत्कान रिहा नगरे देशभरी आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी युवा संघले दिएको छ । युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले विज्ञप्ती जारी गर्दै झाँक्रीको गिरफ्तारी कामचलाउ सरकारको हतास मनस्थितिको उपज भएको बताएका छन् ।

youwa

‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुश कामचलाउ सरकारको हतास मनस्थितिको उपज हो’, संयोजक रामप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘झाँक्रीलाई तत्काल विनाशर्त रिहा नगरे युवा संघ नेपालले देशव्यापी रुपमा विरोधको आँधीबेहरी सिर्जना गर्ने समेत चेतावनी दिन चाहन्छौं ।’

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको अपराध महाशाखाले झाँक्रीलाई बिहीबार दिउँसो राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ गरेको छ । यसअघि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै झाँक्रीलाई निःशर्त रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७