हिंसा र बलात्कार नदेख्ने सरकार बोल्दैमा बन्दुक तेर्साउँछ : प्रदीप पौडेल


२९ माघ २०७७, बिहीबार
pradip paudel

काठमाडौं, २९ माघ । नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउलाई लिएर नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दिनहुँ भइरहेका हिंसा र बलात्कार नदेख्ने सरकारले बोलेकै भरमा बन्दुक तेर्साएको टिप्पणी गरेका छन् ।

pou

नेकपा (प्रचण्ड–नेपाल) पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर आरोपमा पक्राउ गरेपछि ट्वीट गर्दै उनले हिंसा र बलात्कार नदेख्ने सरकारले बोलेकै भरमा बन्दुक तेर्‍स्याएको बताएका छन् ।

नेता पौडेलले आफूहरूले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार भएको स्मरण गराउँदै सरकारले टिप्पणी गरेकै आधारमा जेल देखाएर नागरिक तर्साएको बताएका छन् । उनले पक्राउ गरिएकी नेतृ रामकुमारी झाँक्रीलाई विना शर्त रिहा गर्न गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७