नेतृ झाँक्रीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता


२९ माघ २०७७, बिहीबार
ramkumari jhakri 1

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको छ ।

बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको २४ घण्टाभित्र पक्राउ गरिएको व्यक्तिलाई अदालतमा उपस्थित गराउनु पर्छ ।अधिवक्ता राधिका खतिवडाले झाँक्रीको पक्राउ कानुनसम्मत् नभएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्न लागिएको जानकारी दिंदै भनिन्, ‘अहिले दर्ता प्रक्रियामा छौं ।’

झाँक्रीलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीले झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उनकै घरबाट पक्राउ गरी अपराध महाशाखा बानेश्वरमा राखेको छ ।

नेकपाले केहि दिनअघि गोरखामा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गरेको आरोप लगाइएको छ । सोही विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको दबावमा प्रहरीले नेतृ झाँक्रीलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७