कार्टुन्ज क्रुजमा ६० जना कोरससँग कम्मर मर्काउँदै प्रियंका


६ फाल्गुन २०७४, आईतवार
priyanka

काठमाण्डौं, ६ फागुन : पछिल्लो समय सबैभन्दा चलेकी र चर्चामा रहेकी नायिका हुन् प्रियंका कार्की । उनका सबैजसो चलचित्रले राम्रो दर्शक र प्रशंसा पाइरहेका छन् । चलचित्रका कारण मात्र होइन, उनको निजी जीवनका कारण पनि उनी सञ्चार क्षेत्रमा छाइरहने नायिका हुन् । उनको अभिनय चलचित्रमा मात्र सीमित छैन । उनलाई लिएर गीतको भिडियो बनाउनेहरुको लर्को पनि लामो लाग्ने गरेको छ । अहिले उनी चर्चित नृत्य समूह ‘कार्टुन क्रुज’ को अर्को गीतको भिडियोमा पनि छिन् । priyanka

केहि समयअघि मात्र उनी ‘माछीले खाने, खोलीको लेउ’ भन्दै नाचेकी थिइन् । कार्टुन्ज क्रुसँगको उक्त म्युजिक भिडियोले तीन सातामै ५० लाख भ्युज पायो, युट्युवमा । अहिले प्रियंका त्यही टिमसँग दोहोरिएकी छिन् । गीतको बोल छ, सपनीमा आउनेलाई । यो म्युजिक भिडियोको विशेषता के भने एक साथ ६० जना कोरस डान्सर प्रयोग गरिएको छ । यो डान्सिङ नम्बरमा प्रियंकाले ६० जना कोरससँगै कम्मर मर्काएकी छिन् ।

गीतमा स्वर दिएकी हुन्, मेलिना राईले । दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत रहेको गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन् । गीतको म्युजिक भिडियो कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गोकर्ण रिसोर्टमा छायांकन गरिएको भिडियोलाई सुदिप बरालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७