चीनमा बीबीसी टेलिभिजन प्रसारणमा रोक


३० माघ २०७७, शुक्रबार
BBC TV

काठमाडौं, ३० माघ । चीनले बीबीसी वर्ल्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ ।

हालैका महिनामा चीनले बिबिसीको कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि प्रसारण गरिएका रिपोर्टमा आपत्ति जनाएको थियो ।

ब्रिटेनको विदेश मन्त्रालयले भने एक वक्तव्य जारी गर्दै चीनमा इन्टरनेट र मिडियामाथि सबैभन्दा धेरै प्रतिबन्ध लागु भएको उल्लेख गरेको छ । चीनको यो कार्यले विश्वमा उसकै साख गिराउने वक्तव्यमा भनिएको छ । अघिल्लो साता ब्रिटेनको मिडिया नियामक निकायले चीनको सरकारी नियन्त्रणमा रहेको च्यानलको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो ।

बीबीसीका एशिया एडिटरले चीनमा बीबीसी वल्र्ड सर्विस टिभिको प्रसारण रोकिनुले धेरै असर नपर्ने बताएका छन् । चीनमा यसअघि पनि यो च्यानल अधिकतम मानिसहरुका लागि उपलब्ध नरहेको उनको दाबी छ । बीबीसीले चीनले टेलिभिजन प्रसारणमा रोक लगाइएको घटनाप्रति खेद व्यक्त गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७