टोकियो ओलम्पिक प्रमुख मोरीले राजीनामा दिने


३० माघ २०७७, शुक्रबार
9d984124150ff413f42f283a46f3f888 w1000 h500 cp

काठमाडौं, ३० माघ । टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरी पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका छन् । महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा उनीविरुद्ध आक्रोश व्यक्त हुन थालेपछि मोरी राजीनामा गर्ने मनस्थितिमा पुगेका जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

मोरीले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति लैङ्गिक रूपमा विभेधकारी रहेको भन्दै राजनीतिक वृत्तमा आलोचना भएको छ । आलोचनापछि उनी पदबाट राजीनामा दिने तयारीमा लागेका अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

महिलाका बारेमा मोरीले गरेको टिप्पणी आयोजकहरूको लागि पछिल्लो समय टाउको दुखाइ बनेको थियो । महामारीको बावजुद जापानले यसै गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजना छ । ओलम्पिक समितिले मोरीको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गर्दै आएको छ ।

८३ वर्षीय मोरीले शुक्रबार खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामा घोषणा गर्ने जापानी सञ्चारमाध्यमहरूले लेखेका छन् । मोरीले सबैभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सार्ने सम्भावना छ ।

जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गत हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दवाव परेको बताएका छन् । ‘जब तपाईं महिला कार्यकारी सदस्यहरूको संख्या बढाउनुहुन्छ, यदि उनीहरूको बोल्ने समय एक निश्चित नभएमा उनीहरूले आफ्नो भनाईलाई निश्कर्षमा पुर्‍याउन कठिनाई हुने र यो अप्रिय हुने गर्छ,’ उनले भनेका छन् ।

लैङ्गिक विभेध सिजएना गर्ने अभिव्यक्तिका लागि माफी मागे पनि मोरीले महिलासँग आफू धेरै बोल्न नचाहने बताएका कारण पनि आचोचना भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७