काठमाडौंका यी ठाउँमा शनिबार र आइतबार बिजुली बन्द हुने (सूचना)


३० माघ २०७७, शुक्रबार
bijuli
सांकेतिक तस्वीर

काठमाडौं, ३० माघ । काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको बाानेश्वर वितरण केन्द्रले फागुन १ गते (शनिबार) र २ गते (आइतबार) काठमाडौंका विभिन्न स्थानमा डेढ घण्टादेखि तीन घण्टासम्म विद्युत् बन्द गरिने जानकारी गराएको छ ।

सार्वजनिक सूचनाअनुसार साँखु, गोठाटार र कोटेश्वर फिडरअन्तर्गत शनिबार तथा कपन फिडरअन्तर्गत आइतबार विद्युत बन्द गरिने भएको हो ।

जसअनुसार साँखु फिडरअन्तर्गतका क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २ः३० बजेसम्म विद्युत काटिनेछ भने गोठाटार फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म र कोटेश्वर फिडरअन्तर्गतका क्षेत्रमा दिउँसो १ः३० बजेदेखि अपह्न ४ः३० सम्म विद्युत काटिने जनाइएको छ ।

कपन फिडरअन्तर्गतका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत बन्द गरिनेछ । बाानेश्वर वितरण केन्द्रका अनुसार सडक विस्तार भइरहेकाले केही घण्टा विद्युत आपूर्ति बन्द गर्नुपर्ने भएको हो ।
हेर्नुस् सूचना

bijulibanda

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७