आईपीएल अक्सनका लागि नेपालबाट सन्दीप मात्रै छानिए, मूल्य ४० लाख भारु


३० माघ २०७७, शुक्रबार
Sandeep lamichhane fuQsgO8nwM

काठमाडौं, ३० माघ । सन् २०२१ को इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने छनौट भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीपसहित आठ खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छानिएका हुन् । अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ ।

सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७