नेकपा वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि दिल्ली प्रस्थान


३० माघ २०७७, शुक्रबार
jhalanath

काठमाडौं, ३० माघ । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।

आज (शुक्रबार) बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट नेता खनाल दिल्ली प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालका जानकारी दिए ।

उनका अनुसार नेता खनाल केही दिन दिल्लीमा रहने छन् । पारिवारिक स्रोतका अनुसार शरीर काँप्ने रोगको उपचारका लागि खनाल चीन जान चाहेका थिए । तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली जान लागेका हुन् ।

पीसीआर परिक्षण निगेटिभ रहेको रिपोर्टसहित गएपछि भारतमा क्वोरिन्टनमा बस्नु पर्ने अनिवार्यता छैन । यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७