मेसीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिना विश्वकपमा छनोट


२५ आश्विन २०७४, बुधबार
argentina football
Argentina players celebrate as they win the penalty shoot out and qualify for the final to face Germany

मोन्टेभिडियो :  मेसीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले विश्वकप छनौट भएको छ ।  इक्वेडरमा भएको खेलमा  ३–१ ले हराएर विश्वकपको अन्तिम चरणका लागि अर्जेन्टिना छनाैट भएकाे हाे ।

argentina football

 खेलमा इक्वेडरले पहिलो मिनेटमा गोल गरेको थियो । इब्राको गोलले अग्रता लिएको इक्वेडरले अन्तिम समयसम्म कायम राख्न नसक्दा पराजित हुन पुग्यो । अर्जेटिनाकाे लागि मेस्सीले १२ औं मिनेटमा बराबरी गोल भने २० औं मिनेटमा दोस्रो र ६२ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरे ।

दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष चार थानमा रहने टिमले अन्तिम चरणमा प्रवेश पाउनेमा अर्जेन्टिना तेस्रो स्थानमा रह्यो । अर्जेन्टिनासँगै छनोटको अन्तिम दिनको खेलपछि उरुग्वे र कोलम्बिया पनि विश्वकपमा छनोट हुन सफल रह्यो । अंक तालिकामा उरुग्वे दोस्रो तथा कोलम्बिया चौथो स्थानमा रह्यो ।

उरुग्वेले बोलिभियालाई ४–२ ले हरायो भने कोलम्बियाले पेरुसँग १–१ को बराबरी खेल्यो । पेरु भने पाँचौं स्थानमा रह्यो र प्ले अफका लागि छनोट भयो । दुई पल्टको कोपा अमेरिका विजेता चिली भने विश्वकप छनोटबाट बाहिरिएको छ । ब्राजिलले चिलीलाई ३–० ले हरायो । ब्राजिल यसअघि नै शीर्ष स्थानमा रहेर विश्वकपका लागि छनोट भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७