राजदूत आर्चाय र बिहारका मुख्यमन्त्री नीतीश कुमारबीच भेटवार्ता


३० माघ २०७७, शुक्रबार
1613115317 NilamberAcharyawithBiharCM 1200x560 wm

काठमाडौं, ३० माघ । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले बिहारका मुख्यमन्त्री नीतीश कुमारसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्री नीतीश कुमारसँग आज (शुक्रबार) भएको भेटघाट सौहार्दपूर्ण भएको राजदूत आचार्यले ट्वीटमार्फत जानकारी दिएका छन् ।

उनकाअनुसार भेटका क्रममा नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धलाई थप बलियो बनाउने सम्बन्धमा विचार आदानप्रदान भएको थियो ।

नेपालमा राजनीतिक अस्थिरता चरमोत्कर्षमा पुगेका बेला राजदूत आचार्यले बिहारका मुख्यमन्त्रीलाई भेटेका हुन् । विहार राज्यसँग बाढी व्यवस्थापन, विजुलीको व्यापार, सीमा व्यवस्थापनलगायतका विभिन्न विषयहरु रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७